Skip

Hamro Sanchar

डिल्ली बजार कारागारबाट कैदी भाग्न खोजेपछि सेनाले रोक्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


काठमाडौं । डिल्ली बजार कारागारबाट पनि कैदीहरु भाग्ने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।

बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् ।

जेनजीको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन् । रास्वपा सभापति रवि लामछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिर बन्दीहरू भाग्न थालेका छन् ।

कास्की कारागारबाट सबै बन्दी भागेका छन् । कपिलवस्तु कारागारबाट ४ सय बढी भागेका छन् । सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागेका छन् । तनहुँ कारागारबाट पनि बन्दी भागेका छन् ।


प्रतिकृया दिनुहोस्