Skip

Hamro Sanchar

सेनाले लुटिएका ३१ थान हतियार बरामद गर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


काठमाडौं । नेपाली सेनाले विभिन्न स्थानबाट हातहतियार बरामद गरेको छ । काठमाडौं र पोखराबाट विभिन्न किसिमका हतियार एवं गोलीगठ्ठा बरामद गरिएको हो ।

सेनाले बुधबार बिहान विज्ञप्ति निकालेर बरामद हतियारबारे जानकारी गराएको हो । काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सूचना जारी गरिएको छ ।

साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भइरहेको सेनाले जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्