Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्थिति नियन्त्रणमा लिने प्रतिबद्धताका साथ सेना सडकमा: उच्छृंखल गतिविधि भए खबर गर्न आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


Advertisement

काठमाडौं । नेपाल र नेपालीको सुरक्षाका लागि भन्दै नेपाली सेना सडकमा निस्किएको छ ।

सेनाले मंगलबार बेलुका एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको थियो ।

सोहीअनुसार सेनाले स्थिति नियन्त्रणमा लिन सडकमा निस्किसकेको जानकारी गराएको छ ।

“हाम्रो सबै फौज निस्किसकेको छ, स्थिति नियन्त्रणमा लिनका लागि,” ती अधिकारीले भने ।

सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ– यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।”

 

यस्तै नेपाली सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ।

देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ।

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ। जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१-५९७९००० नम्बर दिएको छ।


प्रतिकृया दिनुहोस्