Skip

Hamro Sanchar

अराजक समूहले पशुपतिमा तोडफोडको प्रयासपछि सेना पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौँ । पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ ।

नेपाली सेनाका सहायक रथि तथा प्रवक्ता राजाराम बस्नेतले अराजक समूह पुगेको सूचनापछि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको रातोपाटीलाई जानकारी दिए ।

नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ ।


प्रतिकृया दिनुहोस्