Skip

Hamro Sanchar

कास्की कारागारबाट ७७४ जना कैदी भागे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


पाेखरा । कास्की कारागारबाट ७७४ कैदीबन्दी भागेका छन् । मंगलबार ९भदौ २४० उनीहरूलाई ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले भगाएका कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले जानकारी दिए ।

आफू बेलुका ५ बजेसम्म कार्यालयमा रहेका बेला उक्त घटना नभएको उनले बताए । “म कार्यालय समयबाट बाहिरिएपछि प्रदर्शनाकारीले भगाएछन्,” उनले भने ।

कास्की कारागारमा रहेका ‘ए’ र ‘बी’ दुवै ब्लकका कैदी भागेका उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्