
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनकारीलाई परिस्थिति सहज बनाउन आग्रह गरेका छन्।
सोमबार गोरखाको आरूघाट गाउँपालिका-९, विधुत चोकमा आयोजित कार्यक्रममा जेनजी र आफूहरुको मुद्दा समान रहेको बताए। ‘म जेनजी आन्दोलनकारी भाइ-बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु,’ प्रचण्डले भने, ‘तपाईहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्।’
काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजी प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान स्थगित गरेको समेत माओवादीले बताएको छ ।














