Skip

Hamro Sanchar

सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना भनेकी छन् ।

‘नेपाली मारेर शासन गरने– बच्चा मारेर शासन गरने–नेपाल सरकार धिक्कार १ मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन्


प्रतिकृया दिनुहोस्