Skip

Hamro Sanchar

माइतीघरमा जेनजीको आक्रमक नारा : हाम्रो क्रोध, तिम्रो अन्त्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


काठमाडौं । माइतीघरमा जेनजीको प्रदर्शन चलिरहेको छ। विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन्। उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन्।

प्लेकार्डमा उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अअति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन्।

उनीहरूले ‘हामीले तिरेको कर कहाँ छरु’ भनी प्रश्न गरेका छन्। लोभी नेताहरूलाई थप नपोसौँ भन्दै आह्वान गरेका छन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो भन्दै राजनीतिक प्रणाली फेर्न माग गरेका छन् ।


प्रतिकृया दिनुहोस्