Skip

Hamro Sanchar

जुरूक्कै उठे देशभर क्लिन स्वीप गर्ने गरी चुनाव जित्छौं  : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जुरूक्कै उठे देशैभर चुनाव जित्न सकिने बताएका छन्।

गोरखाको पालुङटारमा आज मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको कार्यक्रममा बोल्दै उनले भने, ‘गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्छ। माओवादी जुरूक्कै उठे क्लिन स्वीप गर्ने गरी चुनाव जित्न सकिन्छ।’

उनले बूढीगण्डकी जलविद्युत आयोजना, धुले सडक पिच गर्ने, औद्योगिक पार्क निर्माणजस्ता योजनामा स्रोत सुनिश्चित गरी काम अघि बढाइने बताए।

उनले पालुङटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि चीनसँग भएको सहमतिको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।


प्रतिकृया दिनुहोस्