Skip

Hamro Sanchar

जेनजी पुस्ताको आन्दोलनमा दुर्गा प्रसाईं पनि सहभागी हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २२ गते


काठमाडौँ । भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् ।

जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त अभियानमा साथ रहने घोषणा गरेका हुन् ।

आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई धन्यवाद समेत दिएका छन् ।

‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछ । गत चैत १५ जस्तो सरकारले दमन नगरोस्’, प्रसाईंले लेखेका छन् ।

 


प्रतिकृया दिनुहोस्