Skip

Hamro Sanchar

बेइजिङको विशाल सैन्य परेडमा पुटिन, किम जोङ संग प्रधानमन्त्री ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १८ गते


काठमाडौं । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ ।

चीनको पैचिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।

समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन र सेनाको अवलोकन निरीक्षण गरेका थिए ।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शार्म ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका छन्   .।

 

 


प्रतिकृया दिनुहोस्