Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रुकुम पश्चिममा पहिरोले पुरिएर महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १५ गते


त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, छिङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

आइतबार (भदौ १५)बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।

उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए ।

उनका अनुसार, मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।


प्रतिकृया दिनुहोस्