
काठमाडौं । संसदी विशेष छानबिन समितिले संघीय निजामती सेवा विधेयक कुलिङ पिरियड बनाउने क्रममा भएको विवादको बारेमा तयार गरेको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।
सोही समितिक सभापति जीवन परियारले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
गत असार २३ गते कुलिङ पिरियड भएको त्रुटीको बारेमा अध्ययन गर्न सोही समिति बनेको थियो । समितिका सभापति परियार बनेका थिए ।
सभापति परियारले प्रतिवेदन सदनमा प्रस्तुत गर्दै ४ वटा कार्यदेश दिएको स्मरण गरेका छन् ।














