Skip

Hamro Sanchar

अग्नि सापकोटा भन्छन् : जनार्दनजीले आत्मालोचना गर्नुभएको छैन 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १९ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएको छ ।

पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार, शर्माको रियलाइजेसन (आत्मालोचना)को मात्रा भने बढेको छ ।

‘आत्मालोचना त गर्नुभएको छैन । तर रियलाइजेसनको मात्रा बढेको छ,’ सापकोटाले भने छलफल गर्दै जाँदा यो विषय टुंगिने उनले बताए ।

गुट उपगुट र स्वार्थ समूह अन्त्य गर्ने निर्णय बैठकले नै गरेको भन्दै यसमा अल्झन नपर्ने उनले बताए ।

‘छलफल गर्दै जाँदा यो टुंगिन्छ भन्ने विश्वासमा छु,’ सापकोटाले भने ।

बैठकमा अधिकांश सदस्यहरूले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए । जवाफका क्रममा शर्माले पार्टी बिग्रेको जिम्मा लिन अध्यक्ष प्रचण्ड तयार भए मात्रै आफू पनि आत्मालोचना गर्न तयार भएको बताएका थिए।


प्रतिकृया दिनुहोस्