Skip

Hamro Sanchar

बागमती प्रदेशका मुख्यमन्त्री तामाङले आज पदबाट राजीनामा दिंदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले पदबाट राजीनामा दिने भएका छन् ।

यहि साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग तामाङ पराजित भएका थिए । पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दवाव खेपेका तामाङले आइतबार बिहान हेटौंडामा पुगेर राजीनामा दिने निश्चित भएको कांग्रेसले जनाएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र तामाङले संयुक्त रुपमा छलफल गरेका थिए । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापति देउवासहितको भेटपछि राजीनामा दिन तामाङ तयार भएको बताएका थिए ।

मुख्यमन्त्री तामाङको प्रस्ताव अनुसार आफूले साउन १४ गते नियुक्त गरेका ३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुपर्ने र तामाङ पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने २ बुँदामा सहमति भएको थियो ।

सोही सहमति पछि राजीनामा दिएर मार्गप्रशस्त गर्न तामाङ तयार भएको कांग्रेसले जनाएको छ


प्रतिकृया दिनुहोस्