Skip

Hamro Sanchar

माओवादी स्थायी कमिटी बैठक आज पनि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

यही साउन १६ गतेदेखि सुरु स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा विषयमा स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम जारी छ ।

शनिबार ९साउन १७० १८ स्थायी कमिटी सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।


प्रतिकृया दिनुहोस्