Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली हुम्ला जाँदै : पुल उद्घाटन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २२ गते


हुम्ला  । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् ।

कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माणाधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जान लागेको उनको सचिवालयले जनाएको छ ।

पुल उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि हुम्लामा केही दिनदेखि तयारी थालिएको थियो । निर्माणाधीन पुलको काम तीव्र रुपमा अघि बढाएर सम्पन्न गरिएको छ ।

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ ।


प्रतिकृया दिनुहोस्