Hamro Sanchar

मन परे पनि नपरे पनि अरूसँग मिल्नैपर्ने बाध्यता छ, एकल बहुमत आउँदैन : देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २१ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अटाउने राजनीतिक व्यवस्था र संविधान रहेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो व्यवस्थाको विकल्प नभएको बताए ।

उनले कुनै पनि दलले सरकार बनाउन बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए ।

सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुनु स्वाभाविक कुरा हो । अहिले कुनै पार्टीको पनि बहुमत आउँदैन । गाह्रो छ, तर सरकार बनाउन त बहुमत हुनैपर्‍यो । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यक र बाध्यता छ, नमिली हुँदै हुँदैन । मन परेको होस् वा नपरेको होस्, यस्तै छ के गर्नुहुन्छ रु काम गर्नुपर्ने समस्या छ ।’

 

संसदीय व्यवस्थामा प्रतिस्पर्धी र विपक्षी पार्टीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

सभापति देउवाले समावेशी र समानुपातिक आधारमा बनेको संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।


प्रतिकृया दिनुहोस्