Hamro Sanchar

फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा छौँ : बाबुराम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २१ गते


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको राजनीति बिकृत भइसकेको बताउँदै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन् ।

फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु रहेको उनको दाबी छ । भट्टराईले राजनीति सुधार भएपछि ऐन कानून र संविधानमा सुधार गर्न सकिने बताए ।

शिक्षा क्षेत्रबाट निजि क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै उनले निजि क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए  ।


प्रतिकृया दिनुहोस्