Skip

Hamro Sanchar

संसद्‌मा आज पनि रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १५ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेर निस्किएको छ । राप्रपा सांसदहरू बैठक छाडेर निस्किएका छन् ।

यसैबीच आज पनि रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन् । भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि भन्दै सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

यद्यपि उक्त समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले अवरोध गरिरहेका हुन् ।


प्रतिकृया दिनुहोस्