Skip

Hamro Sanchar

सभामुख घिमिरेले बोलाए मुख्य दलका सचेतकरूको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १४ गते


काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकरूको बैठक बोलाएका छन् ।

सभामुखले बिहान साढे १० बजे बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन्

रास्वपाको संसदीय दलको बैठक भएकाले रास्वापका प्रमुख सचेतकसँग बैठक सकिएपछि तीन दलका मुख्य सचेतकसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । त्यसअघि सभामुखले दलका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।

आजको बैठकबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ ।


प्रतिकृया दिनुहोस्