Skip

Hamro Sanchar

कांग्रेस सांसद राणाको टिप्पणी : नीति तथा कार्यक्रम बोरिङ छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २४ गते


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सरकारले प्रस्तुत गरेको नीति तथा ‘बोरिङ’ रहेको टिप्पणी गरेका छन्।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नीति तथा बजेट संवाद कार्यक्रममा उनले एआई विधेयक ल्याउने भन्ने कुरा भने नयाँ भएको उल्लेख गरे।

‘यो नीति तथा कार्यक्रम धेरै बोरिङ छ, यसमा केही पनि नयाँ छैन,’ राणाले भने, ‘त्यो सत्य हो। एउटा के नयाँ छ भने एआईलाई विधेयकमा ल्याउने भन्नेकुरा छ। एआई विधेयक हामीले पनि बुझेको छैन, विदेशीहरुले पनि बुझेको छैन। गरि हाले भने त झन भद्रगोल हामीले बनाउँछौँ।’

नीति तथा कार्यक्रमले पुराना कार्यक्रमलाई निरन्तरता दिएको उनले जिकिर गरे। ‘हामी नीति बनाउँछौँ तर कार्यान्वयन गर्दैनौँ,’ राणाले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयमा यति धेरै ब्यागेस छ। आजको दिनसम्म पनि ठेकदारहरुले अर्थ मन्त्रालयमा गएर लाइन बसेर पैसको निम्ति लाइन बसिरहेका छन्। धेरै पोलिसी प्रोग्राम अनाउन्स गरेर पनि यसको उपलब्धि नहोला की भन्ने त्यो मेरो एउटा धारणा पनि हो।’

सांसद जबराले दुई तिहाईको सरकारले केही बढी जोखिम लिएर भएपनि राम्रो बजेट ल्याउनुपर्ने सुझाव दिए ।


प्रतिकृया दिनुहोस्