Hamro Sanchar

रेशम चौधरी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १७ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

पक्राउ गर्नुका कारण खुल्न बाँकी रहेको छ ।

प्रज्ञा भवनको हलमा आज बिहान ठीक ११ बजेका कार्यक्रम सुरु हुने तालिका रहेपनि अहिलेसम्म औपचारिक कार्यक्रम सुरु हुन सकेको छैन । दुई पार्टीका नेताहरूबीच कमिटी निर्माणमै विवाद देखिएपछि एकता घोषणा हुन बाँकी रहेको स्रोतको भनाई छ । पार्टीका एक नेताले भने हल बुकिङको प्रक्रिया पूरा नगरी कार्यक्रमस्थल जाँदा ताल्चा नखुलेको र प्रक्रिया अगाडि तयारी भएको बताए ।


प्रतिकृया दिनुहोस्