Skip

Hamro Sanchar

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ५ गते


वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६९३क० बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ’, जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।


प्रतिकृया दिनुहोस्