Skip

Hamro Sanchar

प्रतिकूल मौसमले उडान प्रभावित : विमानस्थलमा यात्रुको चाप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ४ गते


काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान उडान प्रभावित भएको छ

त्रिभुवन विमानस्थलका स्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अन्तर्राष्ट्रियतर्फको इन्डिगो विमान डाइभर्ट भई भारतको वाराणसी पुगेको छ ।

यस्तै, आन्तरिकतर्फ भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलको मौसम प्रतिकूल बन्दा उडानहरू प्रभावित भएका थिए ।

मौसम सुधार भएपछि भैरहवातर्फको उडान अहिले सुचारु भएको छ भने बाँकी पश्चिमी क्षेत्रको उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।


प्रतिकृया दिनुहोस्