Hamro Sanchar

तीनकुने घटनाबारे बोले पूर्वराजा : सुन्दा दुःख लाग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३० गते


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंमा भएको आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले नयाँ वर्ष २०८२ को अवसरमा दिएको शुभकामना सन्देशमा भनेका छन्, “सबैले अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दरता हो । धारणा र मान्यता प्रस्तुत गर्दा सबैले सम्यम अपनाउनुपर्छ । केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी र तोडफोड भयो त्यसबाट मानवीय र भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा कुनै तन्त्र वा वाद हुँदैन ।”

उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुपता पैदा भएको छ त्यसलाई सकारात्मक लिएको बताएका छन् । “संवैधानिक राजसंस्थामा हाम्रो मान्यता रही आएको छ,” उनको धारणा छ, “राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुनुपर्छ ।


प्रतिकृया दिनुहोस्