Hamro Sanchar

देशमा भ्रष्टाचार चलिरहेको शंका लागेको छ : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २६ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन् ।

‘आज हामीलाई सुशासन चाहिएको छ । र विकास चाहिएको छ । सुशासन कुनै कम्प्रमाइजबिना चाहिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारसँग कम्प्रमाइज हुन सक्दैन । मलाई आशंका छ, भ्रष्टाचार फेरि पनि चलिरहेको छ । म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ ।’
यस्ता भ्रष्टाचार रोक्न चेम्बर अफ कमर्शको साथ आफूलाई चाहिएको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘यो रोक्न तपाईंहरूको सहयोग चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।


प्रतिकृया दिनुहोस्