Hamro Sanchar

सांसद अमरेशकुमारले मागे स्वास्थ्यमन्त्री पौडेलको राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २२ गते


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ ।

आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सांसद सिंहले मन्त्रालयको सचिवमा डा. संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले डा विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्