Hamro Sanchar

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली : ट्राफिक व्यवस्थापन अस्तव्यस्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २१ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् ।

राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्‍याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो ।

राप्रपाको र्‍यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।

ट्राफिक अस्तव्यस्तको असर बागमती करिडोर क्षेत्रका सडकहरूमा पनि परेको छ ।


प्रतिकृया दिनुहोस्