Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेलम्ची खानेपानीको पाइप फुटेपछि थापाथलीमा सडक अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २० गते


Advertisement

काठमाडौं । काठमाडौँको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ। पाइप फुटेपछि आएको बाढीले सडकमासमेत ठूलो खाडल परेको छ।

बाढीले सढकमा खाडल बन्दा थापाथली चोकबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालतर्फ जाने सडक अवरुद्ध भएको छ।

मंगलबार बिहान पाइप फुटेपछि थापाथली चोकबाट प्रसुती अस्पतालफर्त ठूलो बाढी बगेको थियो। अहिले भने त्यहाँ पानी बग्न रोकिएको छ। सडकमा ठूलो खाडल बनेको कारण त्यो सडक हुँदै यातायातका साधन भने सञ्चालन हुन सकेका छैनन्।

त्यहाँ अहिले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरी परिचालन भएका छन्।

गएको असोज ३० गते काठमाडौँको बबरमहलमा पनि मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको थियो ।


प्रतिकृया दिनुहोस्