Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वयुवराज पारसलाई हृदयघात : अस्पताल भर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १९ गते


Advertisement

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ।

आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले नेपालखबरलाई जानकारी दिए।

उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ, उनले भने, अस्पतालले सबै ठिक छ भनेको छ।

यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो। त्यति बेला उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।


प्रतिकृया दिनुहोस्