Skip

Hamro Sanchar

श्रीलंकाका राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १९ गते


काठमाडौं । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।


प्रतिकृया दिनुहोस्