Hamro Sanchar

गोरखामा माइक्रो दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १९ गते


काठमाडौं । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । “एकजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । प्रहरीद्वारा उद्धार भइरहेको छ,” उनले भने ।

मनकामना मन्दिरमा दर्शन गर्न हिँडेका यात्रु सवार रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्