
काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज ४ इजरायली बन्धकको शव फिर्ता गर्दैछन् ।
शवमध्ये शिरी बिबास र उनका २ वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको हो ।
७ अक्टोबर २०२३ मा उनीहरूलाई हमासले बन्धक बनाएको थियो । त्यतिबेला एरियल ४ वर्ष र केफियर ९ महिनाका थिए । यी बच्चाका पिता यार्डेनलाई केही दिनअघि रिहा गरिएको थियो ।
योसँगै हमासले शनिबार अरु ६ बन्धकलाई रिहा गर्नेछ । यो पहिला तय गरिएकोभन्दा डबल संख्या हो ।
शनिबार रिहा हुने बन्धकको बदलामा इजरायलले अक्टोबर २०२३ मा गिरफ्तार गरेका सबै महिला र १९ वर्षभन्दा कम उमेरका प्यालेस्टिनी बन्धकलाई रिहा गर्नेछ ।
केफिर हमासको कैदमा रहेका सबैभन्दा कम उमेरका बन्धक थिए । बन्धक बनाउँदा उनी केवल ९ महिनाका थिए । हमासको दाबी अनुसार नोभेम्बर २०२३ मा शिरी र उनको दुई बच्चा इजरायली बमबारीमा परी मारिएका थिए ।
यसअघि इजरायल र हमासबीच ६ चरणमा बन्धक आदानप्रदान भइसकेको छ ।