Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्प र मोदीबिच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २ गते


Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन्।

‘भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ’, मोदीले भने, ‘भारत र अमेरिकाबीचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ। हामी इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउनसँगै काम गर्नेछौँ।’

मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताए।

उनले भने, ‘भारत र अमेरिका आतंकवादविरुद्धको लडाईंमा दृढतापूर्वक एकसाथ उभिएका छन्। सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक छ। यसमा हामी सहमत छौं।’

ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताए। उनले भने, ‘मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ निष्पक्ष बनाउन छलफल सुरु गर्नेछौँ ।


प्रतिकृया दिनुहोस्