गाजामा युद्धविराम स् हमासको बन्धकबाट ३३ जना छुट्ने
काठमाडौं । गाजामा युद्धविराम घोषणा भएसँगै पहिलो चरणमा हमासको बन्धकबाट ३३ जना छुट्ने भएका छन्।
इसराइली पक्षले प्रारम्भिक चरणमा छुट्ने ३३ जनाको नाम सार्वजनिक गरेको छ। इसराइली सरकारले सामाजिक सञ्जाल प्लेटमार्फत एक्समार्फत पहिलो चरणमा बन्धकमुक्त हुने ३३ जनाको सूची सार्वजनिक गरेको हो।
पहिलो चरणमा बन्धकमुक्त हुनेहरूमा ९ महिनाका बालक, चार वर्षका वालक र अन्य महिला र वृद्धवृद्धा छन्।
यी हुन् पहिलो चरणमा बन्धकमुक्त हुने ३३ जनास्
शनिबार इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले बिहान ११:५५ बजेदेखि युद्धविराम भएको घोषणा गरेका हुन्। उनीहरूमध्ये तीन जना आज छुट्नेछन्।
योसँगै गजामा १५ महिनादेखिको बमबारी र मानिसहरूको मृत्युको क्रम रोकिने भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल समाप्त हनुअघि र राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शपथ लिनुअघि गजामा युद्धविराम गर्न इसराइल तयार भएको हो।
यसमा बाइडेन र ट्रम्प दुवैतर्फका प्रतिनिधि, कतार र इजिप्टका मध्यस्तकर्ताहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
युद्धविराम तीन चरणमा हुनेछ। पहिलो चरणको युद्धविराम ४२ दिनको हुनेछ।
सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।
त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ। त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ।
पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ।
यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ।
पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ।
त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन्।
४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।
तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ ।