Skip

Hamro Sanchar

लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २९ गते


काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको बीबीसीले जनाएको छ । १६ जना बेपत्ता भएको समाचारमा उल्लेख छ ।

केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ । जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ ।

बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ ।

हालसम्म सयौँ घर र गाडीहरू जलेका छन् । एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् । हावाहुरीले रुखहरू ढलेका छन् ।

लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । खरानीका सूक्ष्म कण र धुवाँले आकाश ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ ।


प्रतिकृया दिनुहोस्