काठमाडौं । लस एन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण ५ जनाको मृत्यु भएको छ ।
अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
लस एन्जलस काउन्टी फायर चिफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले दश हजार ६०० एकडमा फैलिसकेको छ । नियन्त्रणमा आउन सकेको छैन ।
उनले भने, “पाँच नागरिकको मृत्यु भएको छ । केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।”
एन्थोनी मार्रोनले क्यालिफोर्नियालगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्नि नियन्त्रकहरूलाई सहयोग गरिरहेका छन्
लस एन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको छ । सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ । बिबिसी