Skip

Hamro Sanchar

पार्टी घोषणा गर्दै भीम रावल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १५ गते


काठमाडौं, पुस १५- नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा.भीम रावलले आगामी बुधबार (पुस १७) गते पार्टी घोषणा गर्ने भएका छन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ ।


प्रतिकृया दिनुहोस्