Skip

Hamro Sanchar

चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने रमिला चेपाङ सम्मानित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ७ गते


गोरखा । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका-१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्।

शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना-३ चुम्लिङटारमा उनलाई सम्मान गरिएको हो।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरे। मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत भएको बताए।

विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका-६ धादिङमा जन्मिएकी रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका-१ मा विवाह गरेर गएकी थिइन्।

उनी स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो व्यक्ति बनेकी छन्। रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध छिन् ।


प्रतिकृया दिनुहोस्