Hamro Sanchar

गाजामा इजरायली हवाई आक्रमण : मेयरसहित २२ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३० गते


Advertisement

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)र हमासका अनुसार, २२ मध्ये ज्यान गुमाउनेमा एकजना मध्य गाजाको देर अल–बालाह सहरका मेयर हुन् । यहाँ १३ जनाको मृत्यु भइसकेको छ । गाजाको एक विद्यालयमा सातजनाको मृत्यु भएको छ ।

हमासले विद्यालयलाई आफ्नो आधारका रूपमा प्रयोग गरिरहेको इजरायलको आरोप छ । तर, हमासले यसलाई धेरैपटक अस्वीकार गरेको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो ।

गत वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा १२ सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थालेको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसयता इजरायलको आक्रमणमा परी गाजामा ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बीबीसी हिन्दीबाट


प्रतिकृया दिनुहोस्