Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश शर्माको इजलासमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ९ गते


Advertisement

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ।

आइतबार न्यायाधीश शर्माको इजलासमा प्रसाईंको पेशी परेको हो।

उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए।

सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भाषण गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट स्क्रिनसटसमेत देखाएका थिए


प्रतिकृया दिनुहोस्