Hamro Sanchar

कोशीका पुर्व मन्त्री लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ४ गते


Advertisement

काठमाडौँ । जिल्ला अदालतले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले मंगलबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्