Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो पार्टीबाट निलम्बन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २४ गते


Advertisement

काठमाडौँ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष खतिवडाले अधिकारीमाथि लागेको आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘नेकपा एमाले अविचलित रूपमा कानुनी शासनका पक्षमा उभिँदै आएको जिम्मेवार पाटी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलाबल्लभ अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले) को सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ ।’

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । सो आरोप लागे लगत्तै उनले मन्त्री पद र पार्टी संसदीय दलको तर्फबाट राजीनामा समेत दिइसकेका छन् ।


प्रतिकृया दिनुहोस्