Hamro Sanchar

नारायणगढ–मुग्लिन सडक दुर्घटना : मृतकको संख्या ५ पुग्यो (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २३ गते


Advertisement

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

घाइते ५ जनामध्ये २ जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्