आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देशका विभिन्न स्थानमा पहिरो : ९ जनाको मृत्यु, ६ जना बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि आज बिहानसम्म बाढी पहिरोमा परेर ९ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको छ।

बाढी पहिरोमा परेर ६ जना हराइरहेका सशस्त्र प्रहरी बलको हेडक्वाटरले जनाएको छ।

पहिरोमा परेर काभ्रेमा तीन जनाको मृत्यु भएको छ भने पाँचथरमा २ जनाको मृत्यु भएको छ। त्यसैगरी धनकुटामा २, झापामा १, ललितपुरमा १ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको हो।

बढी पहिरोमा परेर धनकुटामा २, काठमाडौँमा १, ललितपुरमा २, धादिङमा १ जना बेपत्ता छन्। यसबीचमा काठमाडौँमा ८३, झापामा ३२५, मोरङमा १७६, सिन्धुलीमा ३३, धादिङमा २ जनाको उद्धार गरिएको छ।

बाढी पहिरोले घरसहित १ सय ६२ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।


प्रतिकृया दिनुहोस्