Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतले दियाे अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ६ गते


Advertisement

काठमाडौं । मेडिकेल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

आज दिउँसो पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरो हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको थियो।

जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् । प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए।

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।


प्रतिकृया दिनुहोस्