Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सुरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १ गते


Advertisement

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला सुरू भएको छ।

काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने भेलाको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गरेका हुन्। उनले घन्टी बजाएर भेलाको उद्घाटन गरेका थिए।

केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा केन्द्रीय समिति, निकाय, प्रदेश समिति, जिल्ला र पालिका तहको कमिटीबाट प्रतिनिधित्व छ। रास्वपाले ४०० पालिकामा आफ्नो संरचना रहेको बताएको छ।

भेलामा पार्टी सभापति लामिछानेको राजनीतिक प्रतिवेदन, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेजहरू पेश हुनेछन्।

पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो।

त्यहीअनुसार नै पार्टीको केन्द्रीय समितिले राष्ट्रिय भेलाको मिति तय गरेको हो।

यही भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तय गर्नेछ।


प्रतिकृया दिनुहोस्