Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भैंसेपाटीमा एक स्कुलको होस्टलमा युवक मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १६ गते


Advertisement

ललितपुर । ललितपुरको भैंसेपाटीमा एक युवक होस्टलभित्र मृत फेला परेका छन्।

ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनी शनिबार बेलुकी ८ बजेतिर होस्स्टलभित्र आफ्नै बेडमा मृत फेला परेको एसपी सुवेदीले बताए।

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्