Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व : देशैभरि सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १० गते


Advertisement

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्।

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने परम्परा छ।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।

त्यसैगरी आज नेपालको सुदूरपश्चिम क्षेत्रमा गौरा पर्व पनि मनाइँदैछ।

गौरा सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पाइन्छ। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।


प्रतिकृया दिनुहोस्